विश्वविद्यालयमा पदाधिकारी नियुक्ति लगाएतको प्रक्रिया अगाडि बढाउन माग

अत्तरिया : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ऐन अनुसार विश्वविद्यालय यथासिघ्र सञ्चालनका लागि प्रदेश सरकारको सोमवार ध्यानाकर्षण गराएको छ ।
प्रदेश सरकारका मुख्मन्त्रीलाई ज्ञापन पत्र मार्फत समितिले ऐन अनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्तिका लागिकार्य गर्नुपर्ने र विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रुपान्तरणमा ठुलो योगदान पुर्याउने भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखि ज्ञापन–पत्र बुझाएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारसँगको संवाद र छलफलबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्ने बताए ।
मुख्यमन्त्री कार्यालयमा ज्ञापन–पत्र बुझाउन पुगेको संघर्ष समितिलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहाले उक्त कुरा बताएका हुन । उनले संघ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने बताएका छन ।
बुझाएको ज्ञापन पत्रमा यही आर्थिक वर्ष भित्रै चिकित्सा शिक्षा (एमबीबीएस) का लागि सिट संख्या निर्धारणको प्रक्रिया र प्रयोगात्मक अभ्यासका लागि ६ सय शैयाको अस्पताल निर्माणका लागि बनेको उक्त संरचनामा कम्तिमा यसै आर्थिक वर्षमा ३ सय शैयाको अस्पतालको संगठनात्मक व्यवस्थापन तथा सर्वेक्षण ओएनएम अगाडि बढाउन विशेष पहल गरिदिन पनि समितिले मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।

“विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा गइसकेको अवस्थामा हालसम्म पनि विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेकोमा स्वयम् मुख्य मन्त्री ज्यू पनि उक्त ऐन बमोजिम रहने २५ जना सभा सदस्य मध्ये कुलपति सम्माननीय प्रधानमन्त्री, सहकुलपति शिक्षा, स्वास्थ्य रहेको शिक्षामन्त्रीको अध्यक्षतामा रहने १० जना विश्वविद्यालय सभाको पदेन सदस्य रहको हुँदा माननीय मुख्यमन्त्री ज्यूको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.