भरुवा बन्दुक सहित एकजना पक्राउ

अत्तरिया : डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजाली रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालाय धनगढीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटि गएको प्रहरी गस्ती टोलीले आलिताल गाउँपालिका ४ रज्यौडा बस्ने दीपक सिजाली र गगन बोहरा बोहराको घर कोठा खानतलासी गर्दा दुबै जनाको घर कोठाबाट १\१ नाल गरी २ नाल भरुवा बन्दुक फेला पारी उक्त बन्दुकसहित सिजालीलाई नियन्त्रणमा लिएको जनाइएको छ । बोहरा फरार रहेकोले निजको खोजतलास भइरहेको तथा सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.