गौरा पर्वमा गोदावरी नगरमा शुक्रबार स्थानीय बिदा घोषणा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले गौरा पर्वको अवसरमा शुक्रबार एक दिनका लागि स्थानीय बिदा दिने घोषणा गरेको छ।

नगरपालिकाको १३० औं कार्यपालिका बैठकको निर्णय अनुसार गौरा पर्वको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा रहनेछ।
गौराको अवसरमा गोदावरी नगरपालिकाले सम्पूर्ण नगरबासीलाई गौरा पर्वको हार्दिक मंगलकामना व्यक्त गरेको छ। गौरा पर्व सुदूरपश्चिममा भव्य तरिकाले मनाईने गरेको छ । पछिल्लो समय गौरा पर्व सुदूरपश्चिम प्रदेश भन्दा वाहिरका जिल्लामा मनाईने गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.