सिडियोको सहभागितामा डीडीसीको विवाद सुल्झाउन अत्तरियामा छलफल

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) करिब ३ महिनादेखि तालाबन्दी हुँदा कृषकहरू ठूलो समस्यामा परिरहेका छन । विशेषगरी ७–८ महिनादेखि दूध बिक्री गरेको पैसा नपाउँदा किसानहरूको दैनिक जीवन नै प्रभावित भएको छ। यसै सन्दर्भमा आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अगुवाइमा डीडीसी प्रमुख, सरोकारवाला निकाय, स्थानीय कृषक तथा जनप्रतिनिधिहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भयोको छ ।
छलफलमा किसानको रोकिएको भुक्तानी छिट्टै निकासा गर्ने र डीडीसी कार्यालय अत्तरियामै निरन्तर सञ्चालन गर्ने सहमति नजिक पुगेको छ। साथै विगतमा उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीको टोलीलाई प्रस्ताव गरिएको वैकल्पिक स्थलसमेत प्रमुख जिल्ला अधिकारीलाई स्थलगत अनुगमन गराइएको थियो ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, “कृषकले आफ्नो श्रमको उचित मूल्य पाउनैपर्छ। महिनौँदेखि रोकिएको दूधको भुक्तानीले उनीहरूको जीवनयापनमा ठूलो संकट खडा गरेको छ। यस विषयमा नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ र आजको छलफलले समस्या समाधानतर्फ मार्ग देखाएको छ। किसानलाई राहत मिल्नेगरी छिट्टै भुक्तानी निकासा हुनेछ भन्ने विश्वास दिलाउँछु।”

त्यसैगरी “कृषकको जीवनयापन डीडीसीसँग प्रत्यक्ष जोडिएको छ। कार्यालयलाई धनगढी सार्ने कदम किसानविरोधी मात्र होइन, अत्तरियाको अधिकारमाथि प्रहार पनि हो। त्यसैले डीडीसी कार्यालय अत्तरियामै कायम रहनुपर्छ भन्ने हाम्रो स्पष्ट माग अनुरुप हाम्रो पालिकाले के सहयोग गर्नु पर्छ सबै सहयोग गर्ने प्रतिबद्धता पहिले नै दिई सकेको बताएका छन । नगरपालिकाको तर्फबाट किसान, सरोकारवाला र संस्थागत निकायबीच सहकार्य गर्दै दिगो समाधान खोजिने प्रतिबद्धता गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.