आज खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं : आइतबार राति आकाशमा विशेष खगोलीय दृश्य देखिन लागेको छ। पूर्ण चन्द्र ग्रहण नेपालसहित सम्पूर्ण एशिया, युरोप, अफ्रिका र अष्ट्रेलियामा स्पष्ट देखिनेछ।

नेपालमा ग्रहणको सुरुवात आज राति ९ः१३ बजे धुस्त छायाबाट हुनेछ। १०ः१२ बजे आंशिक ग्रहण सुरु हुने र ११ः १५ बजे पूर्ण ग्रहण प्रवेश गर्ने खगोलविद्हरूले जनाएका छन्। ग्रहणको चरम बिन्दु ११ : ५६ बजे रहनेछ भने पूर्ण चरण १२ः३७ बजे सम्म चल्नेछ। सम्पूर्ण ग्रहण अन्त्य भोलिपल्ट बिहान २ः४० बजे हुनेछ।

ग्रहणको कूल अवधि करिब ५ घण्टा २७ मिनेट, पूर्ण चरण मात्र करिब ८३ मिनेट रहनेछ। चन्द्रमा पूर्ण रूपमा पृथ्वीको छायामा पर्दा रातो रङमा देखिने भएकाले यसलाई ब्लड मुन भनिन्छ।

खगोलविद्हरूका अनुसार चन्द्र ग्रहणलाई नग्न आँखाले हेर्न पूर्ण रूपमा सुरक्षित हुन्छ। आकाश खुला रहेमा नेपालभरबाट यसलाई सजिलै अवलोकन गर्न सकिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.