लैगिंक हिंसामा संम्बेदनशिल बनम् : सरोकारवाला निकाय

धनगढी  : लैगिंक हिंसामा संम्बेदनशिल बन्न आवश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । लैगिंक हिंसाका क्षेत्रमा काम गर्दै आएको संस्था साथिले सोमबार धनगढीमा गरेको अन्र्तक्रियमा यस्तो जोड दिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक टीकाकुमारी चौधरी भुलले समाजमा विभिन्न प्राकृतिक हिंसा भएको बताईन् । हिंसा न्यूनीकरणका लागि कुनै एक निकायको खवरदारीले निराकरण नहुने उनले बताईन् । उनले जन्मदर्ता र नागरिकता पाउनका लागि हिंसामा परेका महिला बालबालिकाहरुलाई समस्या रहेको बताउँदै यसमा जनप्रतिनिधिले नै ध्यान दिन आवश्यक रहेको औल्याईन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रशासनले कागजी प्रक्रिया पुगेको कुनै पनि नागरिकहरुको नागरिकता अहिले सम्म नरोकेको बताए । कसलाई नागरिक दिने भन्ने कुरा जनप्रतिनिधिहरु पनि जिम्मेवार रहेको उनले बताए । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय कैलालीका अधिकृत विमल जोशीले हिंसामा परेका बालबालिका र महिलाका विषयमा संम्बेदनशिल बन्न आवश्यक रहेको औल्याए । उनले अहिले हिंसाको स्वरोप परिर्वतन भएको बताए । कार्यक्रममा दृष्टि फाउन्डेशन कैलालीकी संञ्चालिका कल्पना भट्टले समाजमा धेरै हिंसा रहेको औल्याए । आफुले फाउण्डेसन सञ्चालन गर्दा समस्या रहेको बताउँदै उनले यसमा सबै संघ संस्थाहरु संवेदनशिल बन्न आवश्यक रहेको उल्लेख गरिन् । बलात्कृत भएर जन्मेको बच्चालाई लालपालनमा ज्यादै नै समस्या रहेको कार्यक्रमका सहभागिको जोड रहेको थियो ।

कार्यक्रममा युवा मातृका प्रसाद उपाध्यायले समाज सुहाउँदा शिक्षा प्रणाली नै रहेको बताए । उनले समाज सुधारका लागि सबै भन्दा पहिले शिक्षामा परिवर्तन हुन आवश्यक रहेको औल्याए । कार्यक्रममा साथि संस्थामा कार्यरत पलिना थापाले सबै भन्दा बढी घरेलु हिंसा रहेको तथ्यांक उल्लेख गरिन् । २८ प्रतिशत अहिले सहायता खोजि रहेको उनले प्रस्तुत गरेको तथ्यांकमा छ । सबैठाउँमा पुर्नस्थापना केन्द्र नहुँदा समस्या भईरहेको उनले बताईन । उनले आफ्नो संस्थामा हिंसामा परेका महिला बालबालिकाहरुको चाप धान्न नसकीन्ने रहेको बताईन । अभिभावक विहिनहरुलाई व्यवस्थापन गर्न सबै भन्दा चुनौती रहेको थापाले बताईन । हरेक स्थानीय सरकारले सेफ आउसमा लगानी गर्न आवश्यक रहेको उनको भनाई रहेको छ । कार्यक्रमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.