मायामेट्रो अस्पतालले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार उपलब्ध गराउने

अत्तरिया : सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हिजोदेखि जारी जेनजी आन्दोलनका क्रममा भएका झडप र दुर्घटनामा घाइते भएका सबै व्यक्तिहरूको उपचारको जिम्मेवारी माया मेट्रो अस्पताल प्रालि, धनगढी ३, चटकपुरले सामाजिक उत्तरदायित्वका रूपमा निर्वाह गर्ने घोषणा गरेको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, प्रभावित सबै पक्षका घाइतेहरूलाई निःशुल्क उपचार उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ कि अस्पतालले आन्दोलनमा देशभरिका घटनामा मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, शोक सन्तप्त परिवारहरूलाई धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने समवेदना व्यक्त गरिएको छ ।
माया मेट्रो अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताएको छ र स्थानीय समुदायलाई पनि यस्तो समयमा अस्पतालमा उपचार सहज र निःशुल्क उपलब्ध हुने विश्वास दिलाएको छ ।
अस्पताल प्रशासनले आम नागरिकहरूलाई पनि आग्रह गरेको छ कि घाइतेहरूको उपचारमा सहयोग गर्न र आवश्यकता भएमा अस्पतालसँग तुरुन्त सम्पर्क गर्न सकिनेछ । सम्पर्क नम्बर ९८०१७४३७०७ र ९८०१७४३६३९ मार्फत थप जानकारी लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

यस कदमले प्रदेशभरीको वर्तमान परिस्थितिमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न र पीडितहरूलाई राहत प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । स्थानीय सञ्चार माध्यमहरूले पनि यस जानकारीलाई जनतालाई समयमै पु¥याउन आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।
यो निर्णयले सामाजिक उत्तरदायित्व र मानवताका मूल्यहरूलाई उच्च प्राथमिकतामा राखेको उदाहरणको रूपमा प्रस्तुत भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.