निषेधाज्ञा र कर्फ्युको समय बिहान ४ र साँझ २ घण्टा हट्यो, रातीको कर्फ्यु कायमै रहने

अत्तरिया : हिजो दिनभरि निषेधाज्ञा जारी गरेर राती कर्फ्यु लगाएको नेपाली सेनाले आज बिहान र साँझ ६ घण्टाका लागि निषेधाज्ञाको समय घटाएको छ । हिजो निषेधाज्ञा भए पनि त्यति कडा भने गरिएको थिइन ।
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको हो ।
सेनाको विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको ।’

सेनाले आज बिहान १० देखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते बिहान ५ बजेसम्म भने कर्फ्यु आदेश रहने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.