बैतडीको सुर्नयाकी १७ बर्षीया किशोरी मृत फेला

बैतडी  : बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको सुर्नया गाउँपालिका –५ नौघरकी १७ बर्षीया अप्सरा चन्द मृत फेला परेकी हुन् ।

रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत चन्द सुर्नया नदी किनारमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशवबहादुर बिष्टले बताए ।

आज बिहान नदी किनारमा चन्दको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
शव फेला परेको स्थानभन्दा माथि नदी किनारमा मृतकको मोबाइल र चप्पल फेला परेकाले उनले नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको छ ।

कक्षा १२ मा अध्यनरत अप्सराको मृत्युपछि सिङ्गो गाउँनै शोकमा डुबेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.