चौमाला : चौमाला स्पोट्र्स क्लब चौमालाको आयोजना तथा सिराज इन्टरनेसनल प्रालिको मुख्य प्रायोजकमा खेल विकासको आधार, खेल प्रशिक्षण हाम्रो अधिकार भन्ने मुल नाराका साथ चौमाला सेभन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।
क्लबका अध्यक्ष रमेश सिगालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका–२ वडा अध्यक्ष जनक साँउद र विशिस्ट अतिथि युवा समाजसेवी नारायण चन्द रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँउदले प्रतियोगिताले दसैँ तथा दिपावलीको अवसरमा सबैमा शान्ति, सद्भाव र मित्रता कायम रहोस् भन्ने शुभकामना व्यक्त गरे । साथै उनले यस्ता प्रतियोगिताले सबैलाई एकजुट गराउने कार्य गरेकोमा धन्यवाद ब्यक्त गर्दै खेलकुदले आपसी मित्रता बढने र शारीरिक रूपमा पनि फाइदा पुग्नेमा जोड दिए ।
कार्यक्रममास माजसेवी, बुद्धिजीवी, संघ–संस्थाका प्रतिनिधिहरु, खेलप्रेमी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
शनिबार भएको खेलमा राईजीङ पावर युथ क्लब र सनसाइन युथ क्लब बिच भएको खेलमा सनसाइन युथ क्लेबले २–० को जित हासिल गरेको छ । उक्त खेलमा सनसाइन युथ क्लबका शिशिर केसि म्यान अफ द म्याच घोषित भएका छन ।
प्रतियोगितामा प्रथम बिजेता क्लब लाई नगद २५ हजार मेडल प्रमाणपत्र, उप विजेता लाई १० हजार प्रमाणपत्र मेडल प्रदान गरिने र प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागि विभिन्न विधामा बिधागत पुरस्कार पनि राखिएको क्लवका सचिव नविन चन्दले बताए । चौमाला खेलमैदानमा जारी प्रतियोगितामा २३ टिमको सहभागीता रहेको छ । प्रतियोगिता असोज १३ गते सम्म सञ्चालन हुनेछ ।
सम्बन्धित पाेस्टहरु