कञ्चनपुरको बेल्डाडी र दैजीबाट १५ जुवाडे पक्राउ

कञ्चनपुर,कार्तिक ५।कञ्चनपुरको बेल्डाडी र दैजीबाट १५ जना जुवाडे पक्राउ परेका छन्।

प्रहरीले मङ्गलवार बिहान चार बजे बेल्डाडी गाउँपालिका वडा नम्बर २ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेबाट ८ जनालाई पक्राउ गरेको जनाएको छ।

क्याफेको दोस्रो तलामा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारामा इलाका प्रहरी कार्यालय वेल्डाडीबाट खटिएको प्रहरी टोलीले ८ जनालाई ६ गड्डी तास र नगद २७ हजार ८६५ रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसैगरी मङ्गलवार बिहान साढे १० बजे वेदकोट नगरपालिका–३ दैजीस्थित बेल्डाडी चोकमा रहेको योगसिंह मालीको घरमा जुवा तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारामा अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरी टोलीले मालीको घरमा चेकजाँच गर्दा जुवा तास खेलिरहेका ७ जनालाई ४ गड्डी खुला तास र  ५१ हजार २६० रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.