बडेहा बिजौरा खानेपानीलाई एक लाख ५० हजार बराबरको आवश्यक सामग्री सहयोग

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको बडेहा बिजौरा खानेपानी कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग गरिइएको छ ।
वडा नम्बर ६ द्वारा आईतबार एक लाख ५० हजार बराबरको सामग्री सहयोग गरेको हो । ल्यापटप, प्रिन्टर, साउन्ड र दराज लगायतका आवश्यक सामग्री सहयोग गरेको खानेपानी कार्यालयका सचिव उत्तम महराले जानकारी दिए ।

उनले वडालाई साम्रगीहरू उपल्बध गराएकोमा धन्यवाद दिए । आगामी दिनहरूमा पनि सदैव साथ सहयोगको आसासंगै सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.