अत्तरिया : गोदावरी नगरपालिका विभिन्न सडकहरु कालोपत्रे काम धमाधम भईरहेको छन । स्थानीय, प्रदेश तथा संघीय सरकारको बजेटमा सडकहरु कालोपत्रेका कामहरु भईरहेका हुन् ।
कालोपत्रे हुने सडक गोदावरी नगरपालिका–८ ,९ र २ का विभिन्न विकास योजनाको स्थलगत अनुगमन गरेको हो । संघीय शहरी विकास कार्यान्वयन इकाई तथा भवन निर्माण कार्यालय धनगढी–कैलालीबाट स्वीकृत योजनाहरू कार्यान्वयनका लागि जनप्रतिनिधि र प्राविधिक टोली संयुक्त रूपमा निरीक्षण गरेका हुन ।
अनुगमनका प्रमुख योजनामा वडा नं. ९ को मुर्कटी–सेहरी–गेटा सडक नाली निर्माण सहित कालोपत्रे, क्याम्पस रोडदेखि धन्चौरी–सेहरी–मुर्केट्टे सडक कालोपत्रे, वडा नं. ५ हुँदै वडा नं. ८ सम्मको मुख्य सडक नालीसहित कालोपत्रे, वडा नं. ८ को तल्लो जोनापुरदेखि माथिल्लो जोनापुर हुँदै समैजी मावि जाने बाटो तथा वडा नं. १ र २ को अत्तरिया बजार क्षेत्रको नाली–ढल विकास समावेश छन् ।
अनुगमन टोलीमा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्ट, वडा नं. ९ का अध्यक्ष प्रेमलाल राना, क्षेत्रीय शहरी विकास आयोजनाका इन्जिनियर सरोज देउवा, गोदावरी नगरपालिकाका इन्जिनियर जनक खड्का, वडा सदस्य उद्धव भट्टराई सहितको समूह सहभागी थियो । नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरिया बजार क्षेत्रमा वर्षेनी देखिँदै आएको डुबान र सरसफाइसम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन योजना कार्यान्वयनको चरण सुरु भइसकेको जानकारी दिए । उनका अनुसार, “अत्तरिया बजारलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने हाम्रो प्राथमिकता हो । अहिलेको अनुगमनले योजनाहरू छिट्टै पूर्ण गतिमा अघि बढ्ने संकेत दिएको छ ।”
नगर प्रमुख भट्टले भने, कैलाली क्षेत्र नं. ४ का सांसद तथा सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति बिरबहादुर बलायरप्रति कृतज्ञता व्यक्त गर्दै, गोदावरी क्षेत्रका विकास योजनालाई प्राथमिकतामा राखी निरन्तर सहयोग गरिरहनु भएकोमा धन्यवाद छ ।,”
त्यस्तै, राष्ट्रिय सभा–संसद विकास कोषबाट नारायण दत्त भट्टको पहलमा प्राप्त ३ करोडको बजेट गोदावरी नगरको पूर्वाधार विकासका लागि महत्वपूर्ण योगदान भएको बताए ।
उनले अत्तरिया बजारको ढल निकास र सडक सुधारका लागि संघीय शहरी विकास कार्यान्वयन इकाईसँग संयुक्त प्राविधिक छलफल भइसकेको बताउँदै, “आगामी दिनमा योजनालाई द्रुत गतिमा अघि बढाइनेछ,” स्पष्ट पारे । यससँगै, गोदावरी नगरपालिका अब पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरेको स्थानीयवासीहरूले बताए ।