धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन

धनगढी : अन्तर्राष्ट्रिय भ्रष्ट्राचारविरुद्धको दिवसका अवसरमा सदाचारका लागि सामाजिक पहलले धनगढीमा दिप प्रज्वलन गरेको छ । धनगढीमा सक्रिय रहेको सदाचारका लागि सामाजिक पहलमा संलग्न युवाहरुको समुहले जेनजी मार्गमा आज बेलुका दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रमको संयोजन संस्थाका अध्यक्ष दिनेश पाण्डेले गरेका थिए।

कार्यक्रम ट्रान्सपरेन्सी इन्टर नेशनल नेपाल सँग आबद्ध संस्था सदाचारको लागि सामाजिक पहलले आयोजना गरेको थियो।

कार्यक्रममा धनगढीका नागरीक अगुवा प्रा। सुरेन्द्र चन्द, खेम राज पाण्डेय, डा। राजेन्द्र विर चन्द, कमल जोशी, टीएन ढकाल, गोपाल पाठक, लगाएत ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सुरूवात दीप प्रज्वलन धनगढी का पूर्व मेयर खेमराज पाण्डेयले गरेका थिए।

भ्रष्टाचारविरुद्ध युवा, महिला तथा सम्पूर्ण नागरिक समाजले हातेमालो गर्नुपर्ने कुरा संस्थाका सचिव गगनराज धिमिरेले बताए। अहिलेको विषम परिस्थितीमा सुशासनका लागि आवाज उठाउने नागरिक समाजको भूमिका झनै बढेको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा। शिव राज जोशीले बताएका छन्। कार्यक्रममा दीप प्रज्वलन गरी छातीमा भ्रष्टाचार विरोधी नारा सहितको प्ले कार्ड बोकेर युवा युवतीहरूले उत्साहका साथ भाग लिएका थिए।

हरेक वर्ष डिसेम्बर ९ अर्थात् आजकै दिन विश्वभर भ्रष्टाचारविरुद्धको अभियान मनाइँदै आइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.