अत्तरिया : गोदावरी नगरपालिका वडा नं २ अत्तरिया स्थित सत्यवती एकेडेमीको आयोजनामा प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” सोमबार देखि सुरु भएको छ।
कक्षा ६ भन्दा मुनिका विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन दिन १६ विद्यालयका टिमबीच प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। उद्घाटन खेल आयोजक सत्यवती एकेडेमी र समैजी माध्यमिक विद्यालयबीच भएको खेलमा समैजी माध्यमिक विद्यालयले २–० को जित निकाल्दै विजयी सुरुवात गरेको छ।
यसैगरी दोस्रो खेलमा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले विद्याभूषण विद्यालयलाई ५–० ले पराजित गरेको छ। तेस्रो खेलमा दुर्गा ज्योति विजयी भएको छ भने चौथो खेलमा एरीश्टो विद्यालयले सक्षम पाठशालालाई ३–० ले पराजित गरेको छ।
पाँचौँ खेलमा सनलाइट विद्यालयले ज्ञानज्योति विद्यालयलाई हराउँदै जित हात पारेको छ। छैटौँ खेलमा पुष्पाञ्जली विद्यालयले ज्ञानदीप विद्यालयलाई ३–१ ले पराजित गरेको छ। सातौँ खेलमा दुर्गा भवानी विद्यालयले किड्स जोनलाई ३–० ले हराएको छ । भने आठौँ तथा अन्तिम खेलमा साधना पथ स्कुलले जनकल्याण विद्यालयलाई २–० ले पराजित गरेको छ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता बुधबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।