धनगढीमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी : नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानरपालिकाकी एक ३० वर्षीया विवाहित महिलालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको हो।

महिलाका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनले प्रसव पीडाका कारण महिला धेरै बोल्न सक्ने अवस्थामा नरहेकोले नवजात शिशु फाल्नुको कारण पछिमात्रै थाहा हुने उल्लेख गरे।

आज विहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा नाला नजिक फालिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। करिब साढे ९ बजेतिर सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा भेटिएको शिशुको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो। छोरी रहेको शिशुको उद्धार गरेर प्रहरीले सेती प्रादेशिक अस्पतालमा र शिशु सकुशल रहेको विष्टले बताए। नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले आमाको खोजबिन गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.