बैतडीमा स्याउला काटन गएकी वृद्धा मृत फेला

बैतडी : बैतडीमा स्याउला काटन गएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मंगलवार मृत फेला परेकी हुन् ।

स्याउला काटन भनि घर नजिकै जंगल गएकी उनी सोही ठाउँको ल्वापा भिर भन्ने स्थानमा लडेर मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.