कञ्चनपुर कारागारमा झडप, सात जना घाईते

कञ्चनपुर : कञ्चनपुर कारागारमा शुक्रबार झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् । शुक्रबार दिउँसो ४ बजे कारागारमा कैदीबिच भएको झडपका क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन् । जसमध्ये, किरण सिंह, करण कुवँर, दिनेश कुवँर र राजेन्द्र सुधारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चार जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.