अत्तरिया : नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का ‘इमर्जिङ प्लेयर’ शेर मल्ल एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
एसपीए कलेजले उनलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्दै खेलकुद र शिक्षालाई जोड्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । कलेजले पछिल्लो दुई दशकदेखि नेपाली क्रिकेटको विकासमा योगदान दिँदै आएको छ । यस अवधिमा कलेजले ठूला प्रतियोगिता आयोजना गर्नुका साथै दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको जनाएको छ ।
शेर मल्लसँगको सहकार्यले नेपाली खेलकुद र युवा पुस्तालाई थप प्रेरणा मिल्ने विश्वास एसपीए कलेजले व्यक्त गरेको छ । अघिल्लो शनिबार भएको एनपीएल २०२५ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै शेर मल्ल संवद्ध टोली लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।
प्रतियोगितामा १० खेलमा १७ विकेट लिएका शेर मल्ल संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।