अत्तरियामा सुरुभयो महोत्सव, नगर प्रमुख भट्ट गरे उद्घाटन

अत्तरिया : कैलालीको अत्तरियामा आज (बुधबार) देखि सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ । सृजनशिल युवा क्लबको आयोजनामा अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा सुरु भएको महोत्सवको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन।

पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ । क्लबका अध्यक्ष नर राईले महोत्सव सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो । विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेकाले आफूहरुले फेरि सुरु भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.