‘क्रिसमस डे’ले संस्कृति संरक्षण, सम्वर्धन र विकासमा टेवा पुऱ्याउने छ : प्रदेश प्रमुख मियाँ

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले ‘क्रिसमस डे’ले विभिन्न जातजाति र समुदायको मौलिक संस्कृति संरक्षण,सम्वर्धन र विकासमा टेवा पुऱ्याउने बताएका छन् ।

बिहीबार इसाई धर्मावलम्वीहरूको महान् पर्व क्रिसमस डे–२०२५ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश प्रमुख मियाँद्वारा जारी सन्देशमा भनिएको छ–‘यस्ता पर्वहरूले सामाजिक सद्भाव, सहिष्णुता र आत्मियता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउन योगदान पु¥याउनेछ भन्ने विश्वास मैले लिएको छु ।’

‘इसाई धर्मावलम्वीहरूको महान् पर्व क्रिसमस, २०२५ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएकासम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

शुभकामना सन्देशमा उनले भनेका छन् ‘इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकतालाई प्रगाढ बनाउदै मुलुकको उन्नयनमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.