कञ्चनपुरमा होटलमा जुवा खेलिरहेका ७ जना पक्राउ

कञ्चनपुर : भिमदत्त नगरपालिका–१८ को गल्ली नम्बर ५ मा रहेको पर्वत होटलमा जुवा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।

जुवा तास भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटलमा छापा मारेको हो। होटलको माथिल्लो तलामा जुवा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट नगद २२ हजार ११५ रुपैयाँ समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.