अत्तरिया : गोदावरी नगरपालिका क्षेत्रमा क्रियाशील गोदावरी मोबाइल व्यवसायी संघले पहिलो साधारण सभा सम्पन्न गरेको छ । सामाजिक सद्भावाना, व्यवसायिक सुरक्षा हक, अधिकार हाम्रो कामना भन्ने उद्देश्यका साथ स्थापना भएको गोदावरी मोबाइल व्यवसायी संघले शनिबार प्रथम साधारण सभा सम्पन्न गरेको हो ।
संस्थापक अध्यक्ष गंगा प्रसाद निरौलाको अध्यक्षतामा आयोजित साधारण सभाका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन् । सभामा संघको वार्षिक प्रतिवेदन प्रस्तुत सचिव सोम प्रसाद सापकोटाले गरेका थिए । संघले हालसम्म व्यवसायी हक हितको लागि मात्र नभई सामाजिक कार्यमा सक्रिय रहँदै आएको बताउँदै संस्थाहरूमा अपाङ्ग विद्यार्थीहरुलाई विद्यालयमा गएर खाद्यान्न वितरण सहयोग, गर्मी समयमा चिसो सर्वत पानी वितरण, व्यवसायी कानुन सम्बन्धी जानकारी मुलक कार्यक्रम, अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव सञ्चालनमा सहयोग लगायत सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको जनाएको छ ।
यस्तै संघका कोषाध्यक्ष हंसराज तिवारिले मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम गर्ने तथा व्यवसायीहरूबीच आपसी सहकार्य र एकता मजबुत बनाउने उद्देश्यका साथ संघ स्थापना गरिएको बताए । त्यसैगरी, संघले व्यवसायिक हितसँगै सामाजिक कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रति उत्तरदायी संस्था रूपमा अगाडि बढ्दै गइरहेको बताए । संघमा करिब ६० जना मोबाइल व्यवसायीहरु आबद्ध रहेको कोषाध्यक्ष हंसराज तिवारीले जानकारी दिएका छन् ।
संघका सदस्य चन्द्र सिंह धामीको स्वागत् मन्तब्य सँगै सुरु भएको सभाको कार्यक्रम सञ्चालन महा सचिव रमेश कँडेलले गरेका थिए । भने विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायक निरीक्षक रविन्द्र बहादुर धनशेर, प्रतिभा सामुदायिक पुस्तकालय पुब अध्यक्ष पुष्पराज जोशी, राष्ट्रिय लोक संस्कृति प्रतिष्ठानका अध्यक्ष लीलाधर बास्कोटा लगायत व्यक्तित्वहरुको सहभागिता रहेका थिए ।