अत्तरियामा जारी महोत्सवमा र्यापर जीबब र गायक हिमाल सागरको प्रस्तुतिमा रमाए दर्शक
सोमबार नायक प्रभात पाल ठकुरी, गायक रामजी खाँड, गायिका अस्मिता अधिकारी लगायतको प्रस्तुति रहने
अत्तरिया : अत्तरियामा जारी महोत्सवमा सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा र्यापर जीबब र गायक हिमाल सागरको लगायतका कलाकारहरुले माहोल तताएका छन्।
उनीहरू सँगै आईतबारका दिन गायिका अन्जु कुश्मी, भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो।
चर्चित र्यापर जी बबको प्रस्तुति शनिबार तय गरिएको भए तापनि मौसम खराबीका कारण उनी चडेको फ्लाइट ल्याण्डिङ हुन नसक्दा प्रस्तुति स्थगित भएको थियो। भने उनले आइतबार उपस्थित भएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्।
टिकट व्यवस्थापन संयोजक छविन्द्र नाथ योगीका अनुसार दिन प्रतिदिन दर्शकहरुको घुइँचो बढ्दै गइरहेको बताउँदै हाल सम्म २४हजार बढी दर्शकहरूले महोत्सव अवलोकन गरिसकेका बताएका छन्।
यस्तै सोमबारका दिन महोत्सवमा नायक प्रभात पाल ठकुरी, गायक रामजी खाँड, गायिका अस्मिता अधिकारी, लक्ष्मी नेपाली, डान्सर साबिता लामा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।