अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस रहेकोमा अवको अङ्क गणित फेरिएको छ । नागरिक उन्मुक्ति पार्टीको नेकपासँग एकीकरण भएसँगै १८ सदस्य रहेको काँग्रेसलाई पछि पार्दै नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश सभाको सबभन्दा ठूलो दल बनेको हो ।
५३ सदस्यीय प्रदेश सभामा यसअघि माओवादीको सभामुखसहित ११ जना, नेकपा एमालेको ११ जना, नागरिक उन्मुक्तिको सात जना, नेकपा समाजवादीको चार जना, राप्रपाको एक र स्वतन्त्र एक जना सदस्य थिए ।
माओवादी केन्द्र र नेकपा समाजवादी मिलेर एक जना निलम्बितसहित १३ सदस्यसहित दोस्रो ठूलो दल बनेको नेकपा नागरिक उन्मुक्तिका सात जना सदस्य थप हुँदा २० जना प्रदेश सभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको हो ।
तीन पार्टीका सदस्य मिलेर सबैभन्दा ठूलो दल बनेको नेकपा प्रदेश सभाको प्रमुख प्रतिपक्षी हो भने काँग्रेस र एमालेको गठबन्धन सरकार छ ।