अत्तरियामा जारी महोत्सवमा आज गायक टंक तिमिल्सिना, गायिका इश्बल सञ्ज्याल लगायतको बेजोड प्रस्तुति रहने
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज बुधबार गायक टंक तिमिल्सिना, गायिका इश्बल सञ्ज्याल लगायतको कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ।
आज गायक टंक तिमिल्सिना ,गायिका इश्बल सञ्ज्याल सँगै डान्सर पूजा मगर, हास्य कलाकार अशोक कुँवरको विशेष प्रस्तुति रहने लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ। यहि पुस १९ गते देखी सञ्चालन हुने सांस्कृतिक महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो क्रममा रहेको छ।
महोत्सवका संयोजक नर बहादुर राईले गोदावरी नगरपालिका क्षेत्रको पहिचान, प्रतिष्ठान सांस्कृतिक झल्काउने जमर्क साथै अत्तरियालाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्नु, स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्नु, युवाहरूको सृजनशीलतालाई मञ्च प्रदान गर्नु तथा सामुदायिक एकता सुदृढ गर्नु महोत्सवको मुख्य उद्देश्य साथ सञ्चालन गर्दै आइरहेको बताए।
यस्तै महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी,युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको आयोजकले जनाएको छ।
महोत्सवमा प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र साधारण दर्शकका लागि १०० रुपैयाँ तोकिएको छ।