गोदावरी नगरको स्याउलेमा किशोरीमाथि बलत्कार, होटल सञ्चालकले नै बलत्कार गरेको आरोप

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा एक नावालिक किशीरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पुस १५ गते रातिको समयमा किशोरीमाथि बलात्कार गरिएको हो ।

प्रहरीले गोदावरी–८ स्याउलेमा रहेको काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँदले सोही सेकुवा सेन्टरमा काम गर्ने किशोरीमाथि बलत्कार गरेको जनाएको छ । ती किशोरी उक्त सेकुवा सेन्टरमा काम गर्दै आएको र साउँदले पुस १५ गते राति उनीमाथि बलात्कार गरेको बताएको छ ।

मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले घटना घटेको भोलिपल्ट नै पीडितको उजुरीको आधारमा पीडक उपर मुद्दा दर्ता भएको बताएका छन् । प्रहरी निरीक्षक पन्तले बलात्कारका आरोपी साउँदलाई शनिवार नियन्त्रणमा लिएको बताए ।

उनले भने, ‘पुस १५ गते राति घटना घटेको भन्दै पीडितका तर्फबाट प्रहरीमा आएर उजुरी आएको हो । उक्त उजुरीको आधारमा मुद्दा दर्ता भएको छ भने सेकुवा सेन्टरका सञ्चालक साउँदलाई प्रहरीले शनिवार पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.