डीडीसी कार्यालय अत्तरियामा विवाद : वडा कार्यालयमा लगाएको ताला खुल्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ स्थित वडा कार्यालयमा लगाइएको ताला आज बिहान खोलिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती तथा नगर प्रहरीको सहयोगमा ताला खोलिएको हो।

डीडीसी (दुग्ध बिकास संस्थान) अत्तरियाबाट धनगढी सार्ने प्रक्रिया अघि बढेपछि स्थानीयस्तरमा चर्किएको विरोधका कारण पुस १४ गते संघर्ष समिति र स्थानीयवासीले डीडीसी कार्यालयसँगै १,नं वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

लामो समयदेखि डीडीसी अत्तरियाबाट अन्यत्र सार्न नहुने मागसहित आन्दोलनरत संघर्ष समितिले भने ताला एकतर्फी रूपमा खोलिएको दाबी गरेको छ। समितिका अनुसार सरोकारवालासँग पर्याप्त छलफल र सहमति बिना प्रशासनिक बलको प्रयोग गरी तालाबन्दी खोलिनु आपत्तिजनक हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.