अत्तरिया : धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा कैलारी गाउँपालिकालाई डस्टबिन वितरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यले डस्टबिन वितरण गरेको हो ।
कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरी, वडा न. ७ का अध्यक्ष दिपेन्द्र बहादुर बम, हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रोशन सिंह, उपाध्यक्ष बिमल कुमार जोशी, सचिव तिलक बहादुर बोहरा, कोषाध्यक्ष श्याम बहादुर बिष्ट संचालक समितिका पदाधिकारी, मुख्य कार्यालयका व्यवस्थापक महेन्द्र शाही र अन्य कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमबाट स्वच्छ, सफा तथा स्वस्थ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । संस्थाले वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रोशन सिंहले स्वच्छ र सफा वातावरण निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । संंस्थाका धनगढी, अत्तरिया, बढैपुर, हसुलिया शाखामा पनि वार्षिकोत्सव कार्यक्रम मनाईएको प्रमुख प्रशासन सहायक मोहन सिंंहले बताए ।