मष्टाधाममा प्राणप्रतिष्ठा एवं शिवपुराण ज्ञान महायज्ञ गरिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडामा रहेको मष्टाधाममा ‘मष्टाधाम प्राणप्रतिष्ठा एवं शिवपुराण ज्ञान महायज्ञ’ आयोजना गरिने भएको छ । मष्टाधाम व्यवस्थापन समितिले माघ २३ देखि २९ गतेसम्म प्राणप्रतिष्ठा एवं शिवपुराण ज्ञान महायज्ञ आयोजना लागेको हो ।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमी साउदले मष्टाधाम प्राणप्रतिष्ठा एवं शिवपुराण ज्ञान महायज्ञ आयोजना गरिएपछि निरन्तर पूजाआजा हुने बताए । उनले मष्टाधाम प्राणप्रतिष्ठा एवं शिवपुराण ज्ञान महायज्ञबाट विश्वको सबैभन्दा अग्लो १०८ फुटको त्रिसुल स्थापना गर्ने लक्ष्य रहेको बताए ।

उनले मष्टाधाम प्राणप्रतिष्ठा एवं शिवपुराण ज्ञान महायज्ञ सञ्चालनका लागि विभिन्न समिति तथा उपसमितिहरू गठन गरिरहेको बताए । उनले महायज्ञमा १० हजार दर्शनार्थीले अवलोकन गर्ने अपेक्षा रहेको बताए । मष्टाधाम प्राणप्रतिष्ठा एवं शिवपुराण ज्ञान महायज्ञको सचिवालयको वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरे।

शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष मल्लले विगत २०७५ सालदेखि निर्माण सुरु गरिएको भए पनि प्राणप्रतिष्ठा गर्न बाँकी रहेकाले नियमित पूजाआजाको काम हुन नसकेको बताए । उनले मष्टाधाममा केही संरचना बने पनि अझै धेरै संरचना बन्न बाकी रहे पनि नियमित पूजा गर्न प्राणप्रतिष्ठा गर्न आवश्यक रहेको बताए । उनले प्राणप्रतिष्ठा एवं शिवपुराणका लागि वडाको तर्फबाट सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.