कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन र महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिमा गगन थापा र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

दुवै उम्मेदवार निर्विरोध निर्वाचित हुने प्रबल सम्भावना रहेको बताइएको छ। संस्थापन पक्षसँग लामो समयदेखि भइरहेको छलफल सहमतिमा नटुङ्गिएपछि विशेष महाधिवेशन पक्षधर समूहले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो।

सहमति खोज्ने प्रयास असफल भएपछि आन्तरिक लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गर्नुपर्ने निष्कर्षमा विशेष महाधिवेशन पक्षधर पुगेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.