निराशाको भित्ता भत्काउँदै आशाको रेखा कोर्दै डा. पन्त

अत्तरिया : लामो समयदेखि दलगत राजनीति र सत्ता–संघर्षले थिचिएको दार्चुलाको शैल्यशिखर नगरपालिकामा अहिले एउटा फरक आवाज सुनिन थालेको छ—डा. जनक राज पन्तको । जहाँ धेरैले राजनीति बाटो गुमाइसकेको ठानिरहेका छन्, त्यहीँबाट उनले जनताको विश्वास फिर्ता ल्याउने अभियान सुरु गरेको छ ।
गाडीको सायरन र मञ्चको भाषणभन्दा टाढा, डा. पन्त आज दुर्गम बस्तीका गल्ली–गल्ली, वृद्धका आँगन र युवाका सपना सुन्दै हिँडिरहेका छन ।
उनका लागि राजनीति सत्ता होइन—सेवा, सुन्ने क्षमता र साझा भविष्यको योजना हो । शैल्यशिखरका किसान, मजदुर, शिक्षक, महिला समूहदेखि विदेशिने युवासम्मका पीडा उहाँले नोटबुकमा होइन, मनमा टिपिरहेको छ ।

“नगरपालिका कागजमा होइन, जनताको जिन्दगीमा देखिनुपर्छ,” भन्ने उनको भनाइ अहिले धेरैको मन छोइरहेको छ ।
२०८४ को स्थानीय तह निर्वाचनलाई लक्ष्य गर्दै नगर प्रमुख पदको तयारीमा रहेका डा. पन्त आफैलाई ‘नेता’ भन्दा पनि ‘जनताको प्रतिनिधि बन्न सिक्दै गरेको नागरिक’ को रूपमा प्रस्तुत गर्न चाहन्छन ।

आफ्ना कमजोरी स्वीकार गर्दै अग्रजको अनुभव र युवाको ऊर्जा मिसाएर नयाँ नेतृत्व निर्माण गर्ने उनको सोच शैल्यशिखरमा नयाँ राजनीतिक संस्कृतिको संकेत बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.