नेकपाले सुदूरपश्चिममा टुंगो लगायो उम्मेदवार, कैलाली ४ मा वीरमान चौधरी

अत्तरिया : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको टुंगो लगाएको छ। नेकपाले नेता डा. भीम रावलको पकड भएको सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि उम्मेदवार चय गरिसकेको छ।

नेकपाले फागुन २१ को चुनावका लागि कैलाली क्षेत्र नम्बर ५ मा प्रेम आले, कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा वीरमान चौधरी र २ मा राजेन्द्र साउदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर १ बारे कुरा मिलिसकेको छैन ।

नेकपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा बीना मगर, क्षेत्र नम्बर २ मा लालबहादुर खड्का र क्षेत्र नम्बर ३ मा मानबहादुर सुनाको नाम तय गरेको छ। नेकपा नेता भीम रावलको गृहजिल्ला अछामस्थित क्षेत्र नम्बर १ बाट उनी आफैं लड्ने भएका छन् । क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारीले टिकट पाएका छन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डढेल्धुराबाट मानसिंह मालले टिकट पाएका छन् । दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार बन्ने पक्का भएको छ। बझाङबाट मीनबहादुर कुँवरले टिकट पाएका छन् ।

बैतडी परमानन्द भट्टलाई उम्मेदवार तय गरेको नेकपाले डोटीमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र बाजुरामा गत कात्तिकमा नेकपा एमाले छाडेका प्रकाशबहादुर शाहलाई टिकट दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.