कैलालीका ५ वटै क्षेत्रबाट कांग्रेसले टुंग्यायो उम्मेदवार, ४ मा वलायर

अत्तरिया : नेपाली कांग्रेसले कैलालीको ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारका अनुसार ५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभाका उम्मेदवार टुंगो लागेको हो ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री आरजू राणा देउवाले कैलालीबाट टिकट पाएकी छैनन् । कैलाली निर्वाचन क्षेत्र ५ बाट सिफारिसमा परेकी उनले टिकट पाइनन् ।
०७४ को चुनावमा उनी कैलाली ५ मा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । ०७९ को चुनावमा पनि कैलाली ५ मै लड्न चाहेकी उनलाई असुरक्षित देखिएपछि डडेल्धुराबाट समानुपातिकमा राखिएको थियो ।

कैलाली ५ मा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु) ले टिकट पाएका छन् । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा यसअघि जितेका वीरबहादुर बलायरलाई कांग्रेसले यसपटक पनि चुनावी मैदानमा उतारेको छ ।

पूर्वमन्त्री समेत रहेका बलायर कांग्रेस सुदूरपश्चिमका सभापति हुन् । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर १ जनकराज चौधरी, प्रतिनिधि सभा क्षेत्र नम्बर २ विजय स्वार र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ भीम बडुवाल कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.