नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर चुनाव नलड्ने

अत्तरिया : नेपाली कांगेसका सुदूरपश्चिम प्रदेश सभापति बीर बहादुर बलायरले प्रतिनिधि सभाको निर्वाचन नलड्ने भएका छन । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट टिकट पाएका उनले चुनाव नलड्ने बताएका हुन ।

उनले टिकट पाएको भएपनि चुनाव नलड्ने बताएका हुन । उनले आफूले जिन्दगीभर चुनाव लडेको र अब बिश्राम लिने योजना बनाएको बताए । ‘यत्रो जिन्दगी चुनाव लडे, कति चुनाव लड्नु, अब विश्राम लिन्छु’ उनले भने ।

कैलाली क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले बलायरलाई उम्मेदवार बनाएको थियो । तर उनले चुनाव नलड्ने बताएसँगै कांग्रेसमा अब को उम्मेदवार हुने भन्ने विषय रोचक बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.