रेशमलाल चौधरी विरुद्ध उजुरी

अत्तरिया : कैलालीको क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराका रेशमलाल चौधरीको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईको उजुरी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ कैलालीले जनाएको छ । उजुरीकर्ता भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा १६ को (घ) अनुसार कुनै कसुरमा जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने, अयोग्य हुने भन्ने कानुनी व्यवस्था रहेको छ ।
२०८० जेठ २ गते २०७७–सीआर १०७५ भई सर्वोच्च अदालतबाट जन्मकैद सजाय भई उक्त मुद्दाको अन्तिम फैसला भएकाले मनोनयनपत्र बदर गरी पाउँ निवेदन दिएको निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी सूचनामा उल्लेख छ ।
२०७२ सालमा टीकापुरमा भएको घटनाका दोषि ठहर भएका चौधरी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट यसै क्षेत्रबाट निर्वाचित भएका थिए । शपथ खाए पनि संसद भवन छिर्न पाएनन् । २०७८ मा जेलबाटै नागरिक उन्मुक्ति पार्टी खोलेका रेशमले राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएपछि नयाँ पार्टी खोलेका थिए ।  निर्वाचन कार्यालयले २०८२ माघ ८ गते विहान १०ः३० बजेभित्र आफ्ना सबुत प्रमाणसहित उपस्थित हुन भनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.