कैलालीमा अशक्त किशोरीमाथि करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

अत्तरिया : कैलालीमा शारीरिक रूपमा अशक्त भएकी १८ वर्षीय किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका – १ का ५२ वर्षीय रन बहादुर सुनार पक्राउ परेका छन् ।

मंगलबार घरको आँगनमा एक्लै बसिरहेको अवस्थामा किशोरीलाई सुत्ने कोठामा लगी जबरजस्ती करणी गरेको आरोपमा सुनार पक्राउ परेका हुन ।

किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय टीकापुरमा दिएको उजुरीको आधारमा सुनारलाई पक्राउ गरिएको प्रदे प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.