धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले पार्किङ स्थल निर्माण गरेको छ । बजारको मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ स्थल निर्माण गरिएको हो । धनगढी उप–महानगरपालिका स्वास्थ्य र महिला शाखा कार्यालय अगाडि पार्किङ स्थल निर्माण गरिएको हो ।
उप–महानगरपालिका प्रमुख गोपाल हमालले राष्ट्र बैङ्क चोक देखि एलएन चोक सडक खण्डमा मोटरसाइकल, स्कुटर, कार र जिप पार्किङका लागि निःशुल्क पार्किङ स्थल निर्माण गरिएको बताएका छन् । धनगढीमा सवारी चाप बढ्दै जाँदा पार्किङको समस्या हुँदै आएको छ ।
बजार क्षेत्रमै पार्किङका स्थान बनाइएपछि सहज हुने अपेक्षा गरिएको छ । ठाउँ अभावका कारण धनगढीमा पार्किङ स्थल ठूलो समस्याका रुपमा देखिएको छ । यसले गर्दा नागरिकहरु सडकमै सवारी पार्किङ गर्न बाध्य छन ।