कैलाली–४ मा कांग्रेसका ‘आनन्द’ लाई जिताउन अभियान, युवाको संगठित शक्ति मैदानमा

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’लाई विजयी बनाउन युवाहरू संगठित रूपमा मैदानमा उत्रिएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेस कैलाली–४ ले सोमबार आयोजना गरेको युवा भेलाले युवा परिचालनको निर्णय गरेको हो।
युवा परिचालनको कमाण्ड युवा नेता कमल कडायतलाई दिइएको छ भने नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनको जिम्मेवारी दिनेश पाठकलाई तोकिएको छ। यससँगै संगठन विस्तार र स्थानीय तहमा प्रभावकारी अभियान सञ्चालनका लागि नगरस्तरीय नेतृत्वसमेत चयन गरिएको छ।

तरुण दल गोदावरी नगरको युवा संयोजकमा आशिष भट्टराई चयन भएका छन् भने नेविसंघ गोदावरी नगर संयोजकको जिम्मेवारी दिलबहादुरलाई दिइएको छ। नयाँ नेतृत्व चयनसँगै कांग्रेसले कैलाली–४ मा युवा शक्ति एकताबद्ध गर्दै घरदैलो, जनसम्पर्क र प्रचार–प्रसार अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

नेपाली कांग्रेस कैलाली–४ का क्षेत्रीय सभापति वसन्त रोकाया ‘ललित’को संयोजकत्वमा गठित क्षेत्रीय मूल निर्वाचन समिति अन्तर्गत यी उपसमितिहरू निर्माण गरिएको हो। साथै उम्मेदवार आनन्दको जित सुनिश्चित गर्न महिला संघ, दलित संघ र किसान संघ परिचालनका लागि समेत छुट्टाछुट्टै उपसमिति गठन गरिएको सभापति रोकायाले जानकारी दिए।

युवाहरूको स्वतःस्फूर्त सहभागिताले आफू हर्षित बनेको उल्लेख गर्दै उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले यो निर्वाचन विगतभन्दा फरक रहेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.