अत्तरिया-धनगढी ६ लेन सडकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।आज ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका– १ मनहरामा भएको दुर्घटनामा साइकलमा यात्रा गरिरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ का ४५ वर्षीय गोपाल रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेतीमा प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा सुप प्र ०१०११ प ८५८५ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ का २३ वर्षीय नब्लु राना र मोटरसाइकलको पछाडि सवार कृष्णपुर नगरपालिका–६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन् ।

उनीहरूको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । रोड क्रम गर्ने क्रममा धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.