अत्तरियामा सेभ हाउसको आयोजनामा आजदेखि श्रीमद्भागवत महायज्ञ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै छ । अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा आजदेखि महायज्ञ सुरु हुने भएको हो ।

आज बिहान ११ बजेदेखि गोदावरी नगरपालिका– २ महेन्द्रनगर रोडमा रहेको सेभ हाउसको प्रांगणमा महायज्ञ सुरु हुने आयोजकले जनाएको छ । संस्थामा आश्रित बालबालिकाहरु लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध, विवाहलगायत विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.