डडेल्धुरामा कांग्रेस बीपीले यसपटक निर्वाचनमा अरुलाई सघाउने

डडेल्धुरा : नेपाली कांग्रेसबाट छुट्टिएर गएको कांग्रेस बीपीले यसपटक निर्वाचनमा कसलाई सघाउने भन्ने चाँडै निर्णय गर्ने भएको छ ।

पार्टीका जिल्ला सभापति भरत नेपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “बीपी कांग्रेसका केन्द्रीय वरिष्ठ उपसभापति एवं नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल जिल्लामा आइपुगेपछि छलफल हुने र सोही अनुसार न्यायको पक्षमा निर्णय लिइनेछ ।”

नेपाली कांग्रेस डडेल्धुरामा लगातार दुईपटक पार्टी सभापति बनेका कर्णबहादुर मल्लको समूहले पार्टीभित्र विद्रोह गरी बीपी कांग्रेसमा आबद्ध भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.