अत्तरिया : उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अत्तरिया सेवा केन्द्रले सोमबार गोदावरी धाममा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाई गरेको हो ।
गोदावरी अवस्थित सुदूरपश्चिम प्रदेशकै पवित्र धार्मिक स्थल मध्ये एक मानिने गोदावरी धामलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले उक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख सुरेन्द्र ऐरले जानकारी दिए ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण र सरसफाइमा सबैको साझा दायित्व रहने उनले बताए ।
सेवाकेन्द्रका कर्मचारी तथा शेयर सदस्यहरूको संयुक्त सहभागितामा धाम परिसरमा व्यापक सरसफाइ गरिएको बताउँदै संस्थाले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यलाई पनि निरन्तरता दिँदै आएको बताए ।