तेघरीमा रहेको जनकल्याण इंग्लिश स्कुलले मनायो २८ औं वार्षिकोत्सव

अत्तरिया  : गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा रहेको जनकल्याण इंग्लिश स्कूलले २८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
जनकल्याण इंग्लिश स्कूलका संस्थापक तथा प्रिन्सिपल योगेन्द्र हमालका आमा मनुदेवि हमालको सभाध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. टी एन जोशी रहेका थिए । भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिधीनिधी, समाजसेवी, विद्धिजिवि, अभिभावकहरुको उपस्थिति रहेका थिए । विद्यालयले २८ औं वार्षिकोउत्सवकोे अवसरपारी विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दृतिय, तृतीय, साथै उत्कृष्ट विद्यार्थीहरु विभिन्न विधामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
साथै वार्षिकोत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा आफ्नो रोचक नृत्य ,गीत,मन्तव्य प्रस्तुति गरेका थिए । विद्यार्थीहरुले संस्कृति भेषभुषा झल्किने कल्चरल फेसन शो प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रतिभाहरू प्रस्तुत गरिएको थियो ।
वि सं २०५४ सालमा स्थापना भएको विद्यालयमा नर्सरी कक्षा देखि १० कक्षा सम्मका १ हजार बढी जना विद्यार्थीहरुलाई पढ्नपाठन गराउँदै आइरहेको छ । विद्यालयले विद्यार्थीहरुलाई प्राविधिक शिक्षाम समेत जोड दिएको साथै विद्यार्थीहरुलाई पढाईको गुणस्तरमा विशेष किसिमको जोड दिँदै अगाडि बढेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.