लोटस आई अंग्रेजी विद्यालयको वार्षिकोत्सव सम्पन्न

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयले दुई दिन सम्म निरन्तर संचालन गरेको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार भव्य रूपमा सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक अध्यक्ष गिरी राज कडायतको सभापतित्वमा वार्षिकोत्सव तथा अभिभावक दिवस आयोजनाको गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । विद्यालयले पहिलो दिन पिजी देखि कक्षा ५ सम्म संचालन गरेको थियो भने समापन दिन कक्षा ६ देखि १२ सम्म आयोजना गरी समापन गरिएको छ ।

समारोहमा विद्यालयको वार्षिक पुस्तक विमोचन (कमलपुञ्ज) प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्टले गरेका थिए । भने समारोहमा पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि विरेन्द्र भट्टले अत्तरिया क्षेत्रको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित लोटस विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति र उत्कृष्टताको कामना व्यक्त गरेका छन् । उनले विद्यालयले पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको समग्र व्यक्तित्व विकास, अनुशासन, संस्कार र गुणस्तरीय शिक्षामा जोड दिएको उल्लेख गर्दै यसलाई गोदावरी नगरपालिकाको गौरव भएको बताए ।
नगर प्रमुख भट्टले नगरभित्र गुणस्तरीय शिक्षा विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै निजी तथा सामुदायिक विद्यालयसँग सहकार्य गर्दै शैक्षिक वातावरण थप सुदृढ बनाइने बताए । पालिका भित्र सामुदायिक विद्यालयका शिक्षक संगै संस्थागत विद्यालयका शिक्षकहरुलाई पनि क्रमिक रुपमा शिक्षण सिकाई तालिम दिदै आएको समेत बताएका छन ।

यस्तै विद्यालयले वार्षिकोउत्सवकोे अवसरपारी विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दृतिय, तृतीय, साथै उत्कृष्ट विद्यार्थीहरु लगायत विभिन्न विधामा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । साथै वार्षिकोत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा आफ्नो रोचक नृत्य, गीत, मन्तव्य प्रस्तुति गरेका थिए । विद्यार्थीहरुले संस्कृति भेषभुषा झल्किने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रतिभाहरू प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरका अनुसार वि.सं. २०५५ सालमा स्थापना भएको विद्यालयले समय अनुसारको आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै विद्यालयले नयाँ प्रविधिसँगै अतिरिक्त क्रियाकलाप, बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम, खेलकुद, गायन तथा नृत्य प्रतियोगितामार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनमा जोड दिँदै आएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.