धनगढी : सुदूरपश्चिम प्रदेशस्थित सुरक्षा निकायका प्रमुखले भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेका छन् ।
मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यसचिव वैकुण्ठप्रसाद अर्याल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदी, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना लगायत अधिकारीहरूको टोलीले त्यहाँको स्थलगत निरीक्षण गरेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए ।
टोलीले गड्डाचौकी नाकासँगै विभिन्न मतदानस्थलको समेत निरीक्षण गरेको छ । प्रतिनिधिसभा सदस्य छान्न यही बिहीबार मतदान हुँदै छ । त्यसनिम्ति सोमबार मध्यरातदेखि सीमानाका ‘सिल’ गरिएको छ । अत्यावश्यक सेवाबाहेक आवागमनमा रोक लगाइएको छ । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्बन्धित पाेस्टहरु