धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउमा दुई समुहबीच झडप हुँदा ३ जना घाइते भएका छन् । होली मनाउने क्रममा मदिरा सेवन गरी आज साझ दुई समुहबीच झडप भएको हो ।
झडप नियन्त्रण गर्न खोज्दा दुई जना प्रहरी घाइते हुनुका साथै एक जना झडप गर्ने समुहको घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
घाइते हुनेमा असई डवल साउद र वडाका ईनिस्पेक्टर बलराम पाण्डेय तथा झडप गर्ने समुहको २८ बर्षको लोकेश खत्री रहेको उनले बताए । खत्रीको टाउको र शरिरमा चोट लागेको छ भने उनको उपचार मायामेट्रो अस्पतालमा भइरहेको उनले बताए ।
एसपी सवार गाडीको अगाडी पट्टीको भागको सिसा फुटेको छ । झडप गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । झडपलाई नियन्त्रण लिन हवाईफायर समेत गरिएको उनले बताए ।