अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले आज गोदावरी नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बासकोटामा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
बिहानै मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण वातावरणमा मतदान गरेका उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुदृढीकरणका लागि आम मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे ।
निर्वाचन क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ भने मतदाताहरू उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।