अत्तरिया : प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार कोमल ज्ञवाली ४ हजार मततान्तरले अग्रस्थानमा छिन् । उनले १९ हजार ९५४ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका जनकराज चौधरीले ७ हजार ४६३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ५ हजार ८४२ मत ल्याएका छन् ।
यस्तै नेकपाका द्वारिका प्रसाद न्यौपानेले ३ हजार ६०६ र स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २ हजार ५६५ मत ल्याएका छन् । यस्तै कैलाली क्षेत्र नम्बर २ मा पनि रास्वपाको अग्रता कायमै छ । यो क्षेत्रमा ९ सय मतले केपी खनाल अनि प्रतिस्पर्धीभन्दा अगाडि छन् । उनलाई पछाइरहेका नेकपा एमालेका सूर्यबहादुर थापाले १ हजार ८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ५५१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले १ हजार ४३३ र नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले १ हजार ४२ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ३ मा रास्वपाका जगत प्रसाद जोशी २ हजार ४१७ मततान्तरले अग्रस्थानमा छन् । उनलाई पछाइरहेका नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६ हजार ८०९ मत ल्याउँदा नागरिक उन्मुक्ति नेपालका विक्रम चौधरीले ४ हजार ९६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका भीम बडुवालले ३ हजार ६७० र नेकपा एमालेका गौरीशंकर चौधरीले २५४६ मत ल्याएका छन् ।
कैलाली ४ मा पनि रास्वपाको अग्रता २ हजार ४३५ मतले अगाडि छ । अहिलेसम्मको मतपरिणाम अनुसार रास्वपाका खेमराज कोइरालाले ४ हजार ४३० मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोरख विष्टले १९९५ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लेखराज भट्टले १ हजार ६७६ र नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ६७३ मत ल्याएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा पनि रास्वपा फराकिलो मतान्तरले अगाडि छ । रास्वपाका आनन्दबहादुर चन्दका निकटतम प्रतिद्वन्द्वी मानिएका नेपाली कांग्रेसका नरनारायण शाह उनीभन्दा ७ हजार ७१७ मतले पछाडी छन् । चन्द्रले १९ हजार ९४० मत प्राप्त गर्दा शाहले ४२२३ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले २ हजार ५५६, नेकपा एमालेका यज्ञराज ढुङ्गानाले २ हजार ४८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले ६२१ मत प्राप्त गरेका छन् ।