अत्तरिया : कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा भएको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो ।
सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते छन ।
घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।